president's message

विजया दशमी २०७१ को उपलक्ष्यमा दिईने सभापतिको धन्यवाद मन्तब्य

आदर्णीय प्रमुख अतिथी,

NRN USA का नव निर्वचित वरिस्ठ अधक्ष्य तथा अधिवक्ता श्री खगेन्द्र जि सि ज्यु,

Society of Nepalese in America का संस्थापक निर्वर्तामन अधक्ष्य तथा वर्तमान प्रमुख सल्लाहकार श्री गौरीस्वर शर्मा ज्यु,

एस कार्यक्रममा आफ्नो कलाकारिता प्रस्तुत गर्न न्यूयोर्क र विभिन्न ठाउँबाट पाल्नु भएका कलाकार मित्रहरु,

संस्थाका सम्मानित सल्लाहकार ज्युहरु,

कार्य समितिका मेरा सहयोगी पदधिकरी साथीहरु,

Connecticut को एस Branford नगरिमा विजय दशमीको कार्यक्रमलाई अत्यन्त हर्सोलासका साथ मनाउन विभिन्न ठाउँबाट पाल्नु भएका आमा- बुवा, दाज्यु-भाइ, दिदी-बहिनीहरुमा शुभ-विजया दशमी -२०७१ को उपलक्ष्यमा एस "अमेरिकी नेपाली समाज" Branford Connecticut का तर्फबाट सु-स्वास्थ्य , दिर्घायु , सम्रिधी र उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द छु ।

अन्धकार माथि प्रकाशको आगमन , असतको पराजय र सतको विजय , अनी मानव मात्रको सम्पूर्ण शुख -सम्रिधिको धोतकक रुपमा नेपाली हरुको सवभन्दा ठुलो चाड एस विजया दशमीलाई हामीले बर्शेनी विभिन्न कार्यक्रम हरुका साथ मनाउदै अाई रहेका छौ ।

एस क्षेत्रका विभिन्न ठाउमा छरिएर रहेको नेपाली समाजलाई एकताको सुत्रमा अवध्ह गरी नेपाली समाज लाई सुसँगठित र गतिशिल बनाउनका लागि जगेर्ना गर्न र भैपरि आउने काम हरुलाई सुगम बनाउन विगत ३ बर्ष अगाडि हामीले एस " अमेरिकि नेपाली समाजको गठन गरेका हौ।

आफ्नो मुलुक देखी धेरै टाढा रहेर पनि आ-आफ्ना जिजिविशालाई अगाडि बदाउदै समाजका लागि थोरै भये पनि समय निकाली एस सस्थालाई वैधनिक तथा सामाजिक रुपमा संस्थापित गर्न काममा हामी निरन्तर लागि परिरहेको कुरा यहाँ हरुलाई अवगत भएको कुरा हो।

संस्था को वैधनिक दर्ता , संस्था स्थापना भये देखी हाल सम्मको सम्पूर्ण TAX-FILE, I.R.S. बाट TAX EXEMPTION लिनेदेखी लिएर सस्थाको हिसाब किताब पारदर्शी रुपमा दुरुस्त राख्नेकाममा हामीलाई सफलता हसिल भई रहेको कुरा यहाँहरुलाई विनम्र निवेदन गर्न चाह्न्छु।

एसै सन्दर्भमा गत बर्ष दीपवलीको अवसरमा उत्साहप्रद रुपमा भईलो देउसीको कार्यक्रम गरी हामीले आफ्नो सानो समाज बाट पनि करिब ३४९९( तीन हजर चार सय उन्नन्सय डलर जम्मा गर्न सफल भएको कुरा यहाँ हरुलाई विदितै छ। उक्त कार्यमा दिलो ज्यान दिई लाग्नु हुने सम्पूर्ण सल्लाहकार ज्युहरु पदधिकारी साथीहरु, दाज्यु भाई दिदी - बहिनी हरु र सहयोग गर्नु हुने सबैलाई हार्दिक धन्यबाद दिन चाहन्छु।

परदेशमा रहेका हाम्रा लालावाला हरुलाई नेपाली भुल्न नदिन र नेपाली भाषाका माध्यमबाट आफ्नो संस्क्रितीलाई जोगाइ राख्न एस पटक हामीले सन्चालन गरेको नेपाली भाषा कक्षा प्ररम्भिक चरनमा निकै असजिलो रुपमा सन्चालन भये पनि उक्त कार्यक्रम अत्यन्त उपलव्धी मुलक भएको हामीले महशुस गरी रहेका छौ। र एस किसिमको कार्यक्रमहरुलाई भविश्यमा अझै सु-व्यबस्थित र पारीमर्जित गर्दै लैजानु पर्दछ भन्ने कुरा हामी लाई लगेको छ।

नेपाली भाषा कक्षा सन्चालनको पवित्र कार्यमा नियमीत रुपमा कक्षा सन्चालन गर्न आफ्नो अमुल्य समय दिएर सहयोग गर्नु हुने शिक्षक श्री दयाराम ग्याङ्मि , श्रीमती नारायणी अधिकारी , श्री डबल बम ज्यु, सुश्री कृति थापा श्रीमती मन्जु आचार्य तथा श्री अच्युत आचार्य ज्यु का साथै उक्त भाषा कक्षा सन्चालनमा सहयोग गर्नु हुने सम्पूर्णलाई एस संस्थाका तर्फ बाट हार्दिक धन्यवाद दिन चाहन्छु।

साथै पिउने पानीको व्यबस्था गरी दिनु हुने संस्थाका उपाध्यक्ष श्री राम चन्द्र रेग्मी, कपी कलम , खाजा जुश आदिको व्यबस्था गर्ने सम्बन्धित सवै लाई विध्यार्थी जुटाउने देखी समय समयम सक्दो सहयोग गर्ने श्रीमती समज श्रेष्ठ र उक्त कार्यक्रमलाई सुचारु रुपले सन्चालन गर्न सचिब श्री विजय अधिकारी ज्यु लाई संस्था र मेरो आफ्नै तर्फ बाटपनि बिशेष धन्यबाद् दिन चाहन्छु । साथै उक्त कक्षा सन्चालनका लागि स्थान दिएर एस संस्था लाई गुन लगाउनु हुने बहिनी श्रीमती शर्मिला अधिकारी र भाई गोपाल अधिकारी विशेस धन्यवाद का पात्र हुनुहुन्छ।

एस बर्षको बाढी पैरोले नेपालका विभिन्न क्षेत्र लगायत सिन्धुपाल्चोकको सुनकोशीले पुराएको अपुरानीय क्षती प्रती गहिरो सहानुभुती प्रकट गर्दै एस "अमेरिकि नेपाली समाज"को तर्फ बाट हामीले सिन्धुपाल्चोक जिल्लाका बाढी पीडित हरु लाई $१५०० बराबरको नेपाली रुपैयाँ रु १ लाख ४३ हजार ४६४ प्रत्यक्ष रुपमा सम्बन्धित पीडित हरुकै हातमा पर्ने गरी उपलव्ध गराईएको व्यहोरा यहाँ हरुलाई अवगत गराउन चाहन्छु। एस समाजकी अत्यन्त सकृय महिला समाजकी बरिस्ठ उपाअध्यक्ष श्रीमती शान्ता राणा तथा आदर्णीय दाज्यु नविन राणा ज्युको सकृयतामा उक्त बाढी पीडित कालागि सहयोग गर्नु हुने सम्पूर्ण दाज्यु भाई दिदी बहिनी हरु लाई हार्दिक धन्यवाद दिन चाहन्छु।

साथै यहाँबाट पठाएको उक्त रकमलाई अतेन्तै पारदर्शी र प्रभावकारी ढंग ले सम्बन्धित ठाउमा उपलव्ध गराई दिनु हुने एस समाजका सकृय सदस्य श्री सुभाश अर्याल ज्यु, आदर्णीय दाज्यु श्री नरेश कुमार भण्डारी ज्यु, तथा एम्नेस्टी नेपालका वर्तमान अध्य्क्ष श्री सुर्य बहादुर अधिकारी ज्यु लाई हार्दिक धन्यबाद् दिन चाहन्छु ।

एस बर्ष हामीले आदर्णीय स्वामी १०८ श्री बालगोपाल ज्युको सहयोगमा भगवान श्री कृष्ण जन्मास्टमी को पूजा भब्य र शान्तमय बातावरणमा सम्प्न्न गरेका थियौ । एस किसिमको धार्मिक कार्यक्रम आयोजना गर्नमा अतेन्त सकृय भूमिका निर्वाह गर्नु हुने एस समाजकी वरिस्ठ उपाध्यक्ष श्रीमती शान्ता राणा तथा आदर्णीय दाज्यु नविन राणा ज्युको उल्लेख्निय योगदान रहेको कुरा यहाँ उल्लेख गर्न सान्धर्विक ठान्दछु। उहहरुले उक्त कार्यक्रम को हल भाडा समेत व्योहोर्नु भएको मा विशेश धन्यवाद दिन चाहन्छु।

उक्त कार्यक्रममा खानेपानीको व्यबस्था गरी दिने एस संस्थाका उपाध्यक्ष श्री राम चन्द्र रेग्मी ज्यु लगायत उक्त कार्यक्रम लाई सफल पार्नको लागि सहयोग गर्नु हुने सम्पूर्ण दाज्यु-भाई दिदी-बहिनी हरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु।

साथै अत्यन्तै खुला दिल भएका एस संस्थाका सल्लाहकार श्री कृष्ण पाण्डे ज्युले उक्त श्री कृष्ण जन्मास्टमीको उपलक्ष्यमा आयोजित कार्यक्रममा निसुल्क प्रसाद उपलव्ब्ध गराउनु भ्एकोमा उहा र बहिनी पार्वती पाण्डे समेत लाई संस्था र मेरो आफ्नै तर्फ बाट हार्दिक धन्यवाद दिन चाहन्छु।

एस बर्षको तीज कार्यक्रम मा दरबार ईन्डिया रेस्टुराँ मा स्थान र भोजनको आफ्नो तर्फ बाट व्यबस्था गरी दिनु हुने एस समाजका कार्य समिती सदश्य आदर्णीय दाज्यु श्री पिताम्बर जैसी र भाउजु बिष्णु कली जैसी लाई समेत एस संस्थाको तर्फबाट विशेश धन्यबाद दिन चाहन्छु।

संस्थाले छुटाएको सिमित बजेट भये पनि नाफा - नोक्सानको पर्वाह नगरि एस विजया दशमी को कार्यक्रमका लागि अत्यन्तै स्तरिय भोजनको व्यबस्ता गरी दिनु भएको मा बैगन ईण्डियन रेस्टुराँ का वोनर श्री शुक्र श्रेष्ठ र श्री प्रमोद कंडेल ज्यु लाई हामी हार्दिक धन्यवाद दिन चाहन्छु।

बर्सेनी जस्तै अतेन्तै मेहनत गरी एस कार्यक्रमका लागि सेल रोटी पकाएर ल्याई दिनु हुने एस संस्थाकी सकृय सदश्य श्रीमती ज्योति योन्जन र खानेपानीको व्यबस्था गरी दिनु हुने संस्था का उपाध्एक्ष श्री राम चन्द्र रेग्मी ज्यु लाई हार्दिक धन्यवाद दिन चाहन्छु।

तेसै गरी संस्थाको वेबसाईट www.sonabranford.org निर्माण कार्यमा जुट्नु भएका सहयोगी मित्र श्री ज्ञानु श्रेष्ठ ज्यु बिशेष धन्यवाद को पात्र हुनु हुन्छ।

तेस्तै समय समयमा हामीलाई आवश्यक पर्ने नेपाली सास्क्रिति को परिचय खादा नेपाल देखी नै खरिद गरी ल्याई दिनु हुने एस संस्थाका कार्य समिती सदस्य श्री प्रमोद कंडेल तथा बहिनी सिर्जना कंडेललाई एस संस्थाको तर्फबाट हामी हार्दिक धन्यबाद दिन चाहन्छौ।

संस्था बाट आयोजित सँस्कृतिक कार्यक्रम हरु लाई प्रभावकारी बनाउन विशेश भूमिका निरबाह गर्नु हुने नेपाली फिल्मी दुनियाका लोकप्रिय नायक श्री अमृत लामालाई संस्था र मेरो आफ्नो तर्फ बाट पनि विशेश धन्यवाद दिन चाहन्छु।

साथै न्यूयोर्क र विभिन्न ठाउबाट आफ्नो अमुल्य समय दिदै आउनु भएर एस बर्षको हाम्रो "विजय दशमी" को कार्यक्रम लाई अतेन्तै रमनिय ढंगले मनाउनमा गीत संगीत र सम्पूर्ण कलाकारिता लाई प्रदर्शन गर्नु हुने सम्पूर्ण कलाकार मित्र हरुलाई र आफ्नो कलाकारिता प्रस्तुत गर्नु हुने एस समाजका भाई बहिनी हरु लाई पनि अमेरिकि नेपाली समाज" हार्दिक आभर प्रकट गर्द छ ।

साथै कार्यक्रमलाई प्रभावकारी ढंगले सन्चालन गर्न विशेश सहयोग गर्ने स्वयम सेवकहरु लाई हामी हार्दिक धन्यवाद दिन चाहन्छौ ।

अन्तमा एस बर्ष २०७१ को विजया दशमीले नयाँ जोश, जागर र उत्साह, उमङ ल्याओस भन्ने कामना गर्दै यहाँ हरु सबै को सु-स्वास्थ्य , दिर्घायु , संबृधी र उत्तोतर प्रगती को हार्दिक मंगल् मय शुभ कामना व्यक्त गर्दै दोश्रो चरनको सँस्कृतिक कार्यक्रममा उत्साह पुर्वक मनोरन्जन गरी पहिलो चरनको एस औपचारिक कार्यक्रम लाई यही विशर्जन गर्ने अनुमती मग्दछु।

धन्यवाद ।

राम हरी भण्डारी

President, SNA

Branford, CT