Ram C Regmi

Post date: Oct 5, 2017 12:33:33 PM

President's Message:

गौतम बुध्दको देश, मन्दिरै मन्दिरको देश,संसारको सर्बोच्च शिखरको देश, बिभीन्न जात जाती,भाषा भाषी तथा संस्कृतिले सजीएको देशका हामी नेपालीहरुले करिब ६ बर्ष अगाडी संयुक्त राज्य अमेरीकाको कनेक्टिकट राज्यमा अवस्थीत ब्रान्फोर्ड नगरीमा अमेरीकी कानुनको परिधीभित्र रही हामीले अनुसरण गर्दै आईरहेको धर्म,भाषा, संस्कृति,रितीरीवाज,चालचलन तथा चाड पर्व एबं परम्परालाई जसरी हाम्रा पुर्वजहरुले हामीलाई अनुसरण गर्न सिकाईयो त्यसैगरी हामीले यस बिदेशी कर्म भुमीमा हाम्रा भावी पिढीहरुलाई हाम्रो "बैदिक सनातन धर्मलाई" हस्तान्तरण गर्ने तथा बिभीन्न सामाजीक तथा आध्यात्मिक कृयाकलापहरु संचालन गर्ने उद्देश्यले Society of Nepalese in America(अमेरीकी नेपाली समाज) स्थापना गरी सोही बमोजीम बिभीन्न किसीमका सामाजीक तथा आध्यात्मिक कृयकलापहरु संचालन भै रहेको यथार्थलाई हामी नकार्न सक्दैनौ ।