Nepal Festival Contd.

कनेक्टिकट राज्य र नगरद्वारा जुलाई १५ लाई नेपाल दिवस घोषणा , नेपाल महोत्सवमा राजु लामाको बेजोड प्रस्तुति

इनेप्लिज २०८० साउन १ गते १:५४ मा प्रकाशित


अमेरिकाको कनेक्टिकट राज्यको ब्रानफोर्ड शहरमा अपार सफलताका साथ सम्पन्न भएको नेपाल महोत्सव २०२३ मा कनेक्टिकट राज्य तथा नगर समेतले जुलाई १५ लाई नेपाल दिवस घोषणा गरेका छन् ।

यो घोषणा संगै उक्त नगरमा बसोबास गर्ने नेपाली समुदायमा खुसीयाली छाएको छ भने आयोजक र नेपाली समुदाय राज्य तथा नगरलाई धन्यबाद दिएको छ । नेपाल अमेरिका कुटनैतिक सम्बन्धको ७६ औ बर्षको बर्षगाँठमा उक्त फेस्टिवल(महोत्सव )मनाईएको हो । उक्त महोत्सवको आयोजना सोसाइटी अफ नेपालिज इन अमेरिका ,ब्रानफोर्ड ,कनेक्टिकटले गरेको थियो ।

उक्त महोत्सवको शुभारम्भ झाँकी प्रदर्शन,लाखे नाँच ,कुमारी,बिभिन्न जात जातिका पहिरनमा महिला तथा पुरुष,भजन मण्डली ,बालबालिकाहरुको सहभागिता सहित ब्रानफोर्ड सामुदायिक बाटै परेड (जुलुस) सुरुवात गरिएको थियो । महोत्सव बिहान बिहान ९:३० देखि राती ८:३० बजे सम्म चलेको थियो ।

महोत्सवमा छोटो औपचारिक कार्यक्रमहरु गरिएको थियो भने कार्यक्रममा सोसाइटी अफ नेपालिज इन अमेरिका ,ब्रानफोर्ड ,कनेक्टिकटका अध्यक्ष पूर्ण बहादुर लिम्बुले स्वागत मन्तब्य गरेका थिए ।

यसै गरि महोत्सवको औपचारिक कार्यक्रम संचालन ब्रानफोर्ड नगरका निर्वाचित नगर प्रतिनिधि राम चन्द्र श्रेष्ठले गरेका थिए । श्रेष्ठ महोत्सवका संयोजक समेत रहेका थिए । महोत्सवमा नेपालको लागि नेपाली राजदुत स्कट डेलेसी,कन्सुलेट जेनेरल अफ नेपाल न्यूयोर्कबाट कार्यबाहक महा वाणिज्यदुत बिष्णु प्रसाद गौतम ,उप गभर्नर ,सिनेटर ,सथानीय नगर तथा जिल्लाका निर्वाचित पदाधिकारी,नेपाली समुदायका प्रतिनिधिहरु लगायतले संक्षेपमा आफ्ना शुभकामना सहित मन्तब्य राखेका थिए ।

औपचारिक कार्यक्रम सुरु हुना साथ अमेरिका नेपाल सम्बन्धको ७६ बर्ष , पर्यटन र व्यापार प्रवर्द्धनबारे प्यानल (वक्ता छलफल) र बहस कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली मूलकी सिएनएन/ फक्स जस्ता सॅचार माध्यममा काम गरेकी किरण छेत्रीले कार्यक्रम संचालन गरेकी थिइन ।

उक्त महोत्सवका आकर्षणहरुमा विभिन्न प्रदर्शनी कक्ष(स्टल)हरु राखिएका थिए । थुप्रै नेपाली खानाका परिकार ,नेपाली सर समान ,बालबालिकाका विभिन्न क्रियाकलाप तथा नेपाली कला र संस्कृति झल्कने सामग्रीहरु प्रदर्शनको साथै बेच बिखन गर्न राखिएको थियो ।

बहस कार्यक्रम पश्च्यात एकै पटक साँझ देखि संस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो भने उक्त सांगीतिक कार्यक्रमको लागि नेपालका चर्चित कार्यक्रम प्रस्तोता सुरज सिंह ठकुरी तथा सुष्मा श्रेष्ठलले गरेका थिए ।

नेपाल महोत्सवका आकर्षण नै मंगोलियन हर्टका राजु लामा रहेका थिए भने उनले करिव दर्जनौ गीतहरु प्रस्तुत गरेका थिए । उनले मंचमा प्रवेश गर्दै उनले आफ्नो प्रस्तुति मेरो नेपाल मेरो नेपाल नामक देश प्रेमसंग ओतप्रोत भएको गीतबाट सुरु गरेका थिए । दर्शकहरुलाई नचाउदै मंचबाट मुनि गएर दर्शकहरुलाई समेत मनोरंजन दिलाएका थिए ।

उनका चर्चित र कालजयी गीत गएर दर्शकहरुलाई भरपुर आनन्द र मनोरन्जन गर्न कुनै कसर बाकी नराखी अन्त्यमा दर्शकहरु संग बिदा लिएका थिए । त्यसै गरि न्यूह्याशारबाट आएका चर्चित हिमालयन ड्रिमले बेजोड प्रस्तुति गरेका थिए ।

उनीहरुले बिभिन्न ख्याती प्राप्त गीतहरुलाई एउटा मालामा बुने झैँ गरि चर्चित गीतहरु पस्केका थिए । साथै एक लन्च बक्स नामक बिदेशी टोली तथा न्यू ह्यामशारका द अनप्लाण्डले प्रस्तुति गरेका थिए ।

महोत्सवको सह आयोजकहरुमा कन्सुलेट जेनेरल अफ नेपाल ,न्यूयोर्क , ब्रानफोर्ड कम्युनिटि फाउनडेसन ,हामी नेपाली ग्लोबल ,नेपलिज एसोसिएसन् अफ कनेक्टिकट ,वेष्ट हार्ट्फोर्ड लुम्बिनी लायन्स क्लब, हार्डफोर्ट काउन्टी एभरेष्ट सेन्टेन्निअल लायन्स क्लब ,रिवेल ईभेन्ट्स इन्क, न्यूयोर्क रहेका थिए ।