"अमेरीकी नेपाली समाज" ब्रान्फोर्डद्वारा आयोजना गरीएको हरितालिका (तिज).....

Post date: Sep 28, 2017 8:26:00 PM

हिजो अगस्ट २० तारीखका दिन यस "अमेरीकी नेपाली समाज" ब्रान्फोर्डद्वारा आयोजना गरीएको हरितालिका (तिज)को दर खाने कार्यक्रममा कनेक्टिकेट राज्यको Branford, Hartford, Middletown, New Haven,West Haven , Milford, Norwalk तथा अन्य शहरबाट अपार सहभागीता जनाई कार्यक्रमलाई भब्य तथा सभ्य रुपमा सफल बनाई दिनु भएकोमा उपस्थीत संपुर्ण दिदीबहिनीहरु लगायत यस कार्यक्रमका संयोजक तथा SNA का सल्लाहाकार श्रीमती शान्ता थापा राणालाई यस Society of Nepalese in America (अमेरीकी नेपाली समाज) को तर्फबाट हार्दिक धन्यबाद दिन चाहन्छु ।साथै यस कार्यक्रमलाई सफल बनाउन सहयोगी भुमीका निर्वाह गर्ने स्वंयमसेवक दाजु भाईहरुलाई समेत धन्यबाद दिन चाहन्छु ।यसको अतिरीक्त उक्त दर खाने कार्यक्रममा आफ्नै हातले बिभीन्न परीकारहरु सहीत उपस्थित हुनु भएका संपुर्ण दिदीबहिनीहरु लगायत बिभीन्न पेय पदार्थ उपलब्ध गराउने ब्यक्तित्वहरुमा बिशेष आभार सहित धन्यबाद दिन चाहन्छु।

राम चन्द्र रेग्मी

(अध्यक्ष)

तथा SNA परिवार

यस Society of Nepalese in America ले आयोजना गरीएको हरितालीका तिजको दर खाने कार्यक्रममा मलाई संयोजक बनाई जिम्मेवार सुम्पीदिनु भएकोमा SNA कार्य समीतीलाई धन्यबाद दिन चाहन्छू ।

यस तिज कार्यक्रमा अत्यन्त उत्साहका साथ Branford लगायत Hartford, Middletown,New Haven,Milford, Norwalk तथा अन्य बिभीन्न शहरबाट सहभागी हुने संपुर्ण सम्मानित आमा तथा दिदी बहिनीहरुमा हार्दिक धन्यबाद दिन चाहन्छु। उक्त कार्यक्रमा आफ्नै हातले अत्यन्त मिष्ठान्न बिबीध परीकारका साथै बिबीध पेय पदार्थका आउनु हुने चेलीहरुलाई बिशेष धन्यबाद दिन चाहन्छु ।

यसैगरी यस कार्यक्रममा स्वयंसेवकको भुमीका निर्बाह गरी कार्यक्रमलाई अत्यन्त भब्य र सभ्य बनाईदिनु भएकोमा स्वयंसेबक दाजुभाईहरुलाई धन्यबाद दिदै उक्त कार्यक्रमको लागी हल भाडाको उपलब्ध गराई कार्यक्रमलाई सहयोग पुर्याउने यस समाजका अध्यक्ष श्री राम चन्द्र रेग्मीलाई बिशेष धन्यबाद दिन चाहन्छु ।