Run 4 Nepal को कार्यक्रम भव्य सफलताको साथ सम्पन्न ( Branford CT Sept 26, 2015)

Post date: Sep 28, 2015 2:45:45 PM

अमेरिकाको ब्रान्फोर्ड ,कनेक्टिकटमा सकृय रहेको ग़ैर नाफामुलक सामाजिक संस्था "Society of Nepalese in America,Branford,CT " र केही सकृय स्थानीय youth हरूको आयोजनामा यही सेप्टेम्बर २६ शनिबारका दिन ब्रान्फोर्डमा रहेको 369 Hosley Avenue मा "5 K Run For Nepal " ( नेपालका लागि ५ कि.मी. दौड़ ) कार्यक्रम अत्यन्तै भब्य र सफल रूपमा सम्पन्न भएको छ । ऊक्त दौडमा क़रीब २०० जनाको सहभागिता थियो भने ८० जना स्थानीय स्वयंसेवक हरूको अत्यन्तै कुशल ब्यबस्थापनमा आयोजित ऊक्त दौड़मा Society of Nepalese in America ,Branford का अध्यक्ष रामहरी भण्डारी लगायत सबै पदाधिकारीहरू, कनेक्टिकट राज्यका सिनेटर "Sean Scanlon" ,Branford Town का मेयर "Jamie Cosgrove", Nepalese association in Connecticut ,हार्टफोर्डका अध्यक्ष शंकर ढकाल लगायत अन्य पदाधिकारीहरू,Run 4 Nepal कार्यक्रमका Director सरोज भण्डारी,Event Co-ordinator श्रद्धा सिंह राणा ,Event manager लाना नावा , Media Co-ordinator लिंकन एभरेष्ट ,कनेक्टिकटका ब्रान्फोर्ड लगायत बिभिन्न स्थानहरू ,न्युयोर्क र म्यासाचुसेट्स देखिबाट समेत ठुलो संख्यामा ऊपस्थिती रहेको थियो । ऊक्त कार्यक्रमको एक मात्र उद्देश्य नेपालमा कार्यरत Survivor भन्ने Non-Profit संस्था संगको सहकार्यमा गत बैशाख २०७२ मा नेपालमा गएको महाबिनाशकारी भुईचालोबाट क्षत बिक्षत भएको सिन्धुपाल्चोकको एक बिधालयको भवन पुननिर्माण गर्नु रहेको छ । केही समाजसेवी स्थानीयहरूको पहलमा रन फ़र नेपाल मैत्रीपूर्ण दौड़ कार्यक्रमको माध्यमबाट १०००० डलर संकलन गर्ने लक्ष्यका साथ सम्पन्न ऊक्त दौड़ 5 K Run For Nepal बाट संकलित रकमबाट गत बैशाखमा नेपालमा गएको महाबिनाशकारी भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोक जिल्लाको रक्तकाली बिद्यालय पुन निर्माणमा लगाउने भएको छ । गत अप्रिल २५ र मे १२ मा गएको बिनाशकारी महाभुकम्प र त्यस बीचमा आएका सयौ पराकम्पनका कारण विद्यालयका भवन तथा पाठ्यक्रमका श्रोत र सामग्रीहरु नष्ट बनाएका थिए।

भुकम्प गएको पहिलो दिनबाट आजका दिनसम्म ब्रान्फोर्डको गैर मुनाफामुलक ५०१ सी संस्था नेपाली अमेरिकी समाज,ब्रान्फोर्डले बिभिन्न संस्था र ब्यक्तिहरूबाट संकलित सहयोग रक़म मध्येबाट तत्कालका लागी नेपालका बिभिन्न ८ जिल्लामा ४०,००० डलरभन्दा बढी रकम बराबरको जस्ता पाता एबं निर्माण सामग्री बितरण गरिसकेको छ भने सिन्धुपाल्चोककै अन्य ३ बिद्यालय लाई नेपाली रक़म रू १३ लाख आर्थिक सहयोग समेत गरिसकेको छ । ऊक्त दौड़ कायर्क्रमबाट संकलन भएको सम्पुर्ण आम्दानी भुकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको ऊक्त रक्तकाली बिद्यालय पुननिर्माणमा ख़र्च गरिने आयोजकहरूले जनाएका छन ।सबै उमेर समूहका महानुभाबहरूमा तलको वेब साईट www.run4nepalusa.com मा क्लिक गरी Run 4 Nepal program को latest update बारे थप जानकारी लिन सक्नुहुने छ l

(go to this website for more detail.) www.run4nepalusa.com