Branford Connecticut मा नयाँ बर्ष भब्यताका साथ सम्पन्न

Post date: Sep 3, 2017 8:32:53 AM

Branford Connecticut मा नयाँ बर्ष भब्यताका साथ सम्पन्न

Published on 04/18/2016 

गत वर्षहरूमा जस्तै यस वर्ष पनि हजुरहामी माझ  "नयॉं वर्ष" २०७३ को शुभकामना आदान-प्रदान गर्ने उदेश्य सहित Society of Nepalese in America, Branford, Connecticut ले सम्पूर्ण प्रवासी नेपालीहरूबीच भाईचाराको भावना अभिवृद्धि , नेपाली मौलिक संस्कृति ,रीतिरिबाज र परम्परा जगेर्ना गर्ने ऊद्देश्यका साथ  यस   अमेरिकी नेपाली समाज ब्रान्फोर्ड कनेक्टिकटले विगत भन्दा एउटा छुट्टै र भब्य  पहिचानको साथमा कार्यक्रम प्रस्तुत गरेको छ । हाम्रो नेपाली मौलिक पहिचान, कला र संस्कृतिलाई ध्यानमा राखि विभिन्न नेपाली राष्ट्रिय जातजातिका भेषभुषामा सजिएर स्थानिय कलाकार भाईबहिनीहरूको अत्यन्तै पृथक भेषभुषाजनक प्रस्तुति , गायन तथा  नृत्यका साथमा नेपाली चर्चित गायिका "नलिना चित्रकार"

को वेजोड सॉंगितिक प्रस्तुति बाट भरपुर मंनोरन्जन दिलाउनुका साथै ब्रान्फोर्ड ,मिडलटाऊन , न्यु हेभन, ईष्ट हेभन, वेष्ट हेभन, मिल्फोर्ड लगायत आसपासका  अन्य टाऊनका साथै  न्युयोर्क ,स्टाम्फोर्ड, हार्टफोर्ड  नोर्वाल्क ,ब्रिज्पोर्टमा   रहनुभएका नेपालीहरुको ठुलो संख्यामा सहभागिता रहेको यो कार्यक्रम मा ब्रान्फोर्ड  तथा आसपासका अन्य शहरमा रहनुभएका समाजसेवी दिदीबहिनीहरूको विशेष सक्रियता र सहयोगमा हरेक वर्ष जस्तै यस वर्ष पनि मिठो नेपाली परिकार विशेष परिकारको रूपमा ( सेलरोटी , आलुको अचार आदि) को स्वादको खानाको साथै विविध सांगीतिक   सांस्क्रितिक कार्यक्रम सम्पन्न भयो । Society of Nepalese in America, Branford, CT का अध्यक्ष श्री रामचन्द्र रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथीको रूपमा ब्रान्फोर्ड टाऊनका मेयर James B Cosgrove , बिशिष्ट अतिथीको रूपमा अमेरिकाका लागि नेपाली महावाणिज्यदूत श्री नारायण प्रसाद मैनाली, वाणिज्यदूत श्री  क्रिशु क्षेत्री, उप-वाणिज्यदूत श्री प्रवीण भट्टराई,संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधी श्री ध्रुव प्रसाद भट्टराई , एनआरएनएनसीसी अमेरिकाको उपाध्यक्ष श्री वन्दना कोईराला लगायत अन्य बिशिष्ट ब्यक्तित्वहरूको ऊपस्थिती थियो । समाजका महासचिव श्री टेक कुँवर द्वारा संचालित ऊक्त कार्यक्रममा स्वागत तथा शुभकामना मन्तब्य समाजका सल्लाहकार श्री रामचन्द्र श्रेष्ठ , तथा क्रमैसंग NRN NCC USA का ऊपाध्यक्ष श्री बन्दना कोईराला, समाजका प्रमुख सल्लाहकार श्री गौरीश्वर शर्मा, बिशिष्ट अतिथी श्री नारायण प्रसाद मैनाली , Branford Town Mayor JAMES B COSGROVE

ले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा यस बर्ष High School Graduate गर्ने 4 बिभिन्न नेपाली बिध्यार्थीहरूलाई नगद पुरस्कार र प्रमाणपत्र बितरण गरिएको थियो साथै संस्थामा 4 जना नंया आजिबन सदस्यहरूलाई आजिबन सदस्यताको प्रमाणपत्र बितरण तथा सम्मान गरिएको थियो ।

समाजका सल्लाहकार श्री बिजय अधिकारी र संस्थाका सदस्य श्री सरोज भण्डारी द्वारा संचालित दोश्रो चरणको कार्यक्रममा  संस्थाका बर्तमान सदस्य श्रीमती शर्मीला अधिकारीको परिकल्पना र निर्देशनमा स्थानिय बिभिन्न जातजातिका भेषभुषामा सजिएका 14 कलाकार भाईबहिनीहरूको अत्यन्तै रोचक र पृथक प्रस्तुति र नृत्य ,  

स्थानिय कलाकार सुरूची कुँवर, बिनिषा अधिकारी, सुयेषा चौधरी , UCONN मा अध्ययनरत 10 बिभिन्न बिध्यार्थी कलाकारहरू, कलाकार बिनोद दाहाल तथा ख्यातिप्राप्त गायिका नलिना चित्रकार द्वारा प्रस्तुत अत्यन्तै मनोरन्जनात्मक र मनमोहक नृत्य तथा सांगितिक प्रस्तुतिहरूले कार्यक्रम अत्यन्तै रोचक र मनोरन्जनात्मक बनेको थियो । त्यसका साथै कार्यक्रममा श्रीमती शुसिला खड्का , श्री बिजय अधिकारी र श्री लोक थापाले क्रमश : ग़ज़ल , तथा  कविता बाचन गर्नुभएको थियो ।