Teej Celebration 2075 (2018)

Teej Celebration 2075 (2018)

हिजो मिती September 10 / 2018 का दिन यस Society of Nepalese in America (अमेरीकी नेपाली समाज) Branford CT द्वारा यस समाजकी बरिष्ट समाजसेवी तथा सल्लाहकार श्रीमती शान्ता थापा राणाको संयोजकत्वमा आयोजीत “हरितालीका (तिज)को दर खाने तथा बिबिध सांस्कृतिक कार्यक्रम 2018” अत्यन्त हर्षोलताका र भब्य सहभागिताका साथ सम्पन्न भएको समाचार सुचित गराउन पाउंदा मलाई बढो आनन्द महशुस भएको छ। यस कार्यक्रमलाई सफल बनाउन Branford नगरीमा बसोबास गर्ने आमा,दिदीबहिनीहरुको अलवा Middletown, Stamford,Norwalk, Milford, Orange, West Haven, New Haven तथा East Haven बाट उत्साहजनक रुपमा उपस्थिति भै बिबिध गीत तथा संगितमा एकल तथा सामुहिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई अत्यन्त रोचक, आकर्षक तथा ऐतिहासिक बनाई दिनु भएकोमा समग्र दिदीबहिनीहरुलाई धन्यबाद दिन चाहन्छु । यस कार्यक्रममा दिदीबहिनीहरुबाट आफ्नै हातबाट तयार पारीएको बिबिध मिष्ठान्न परिकारसाथ उपस्थिततिले भोजनको परिकार र स्वादलाई उत्कर्षमा पुर्याएको थियो ।यस कार्यक्रममा बिबिध परिकार र पेय पदार्थमा सहयोग पुर्याउने दिदीबहिनी तथा अन्य ब्यक्तीत्वहरुलाई एकमुष्ट धन्यबाद दिन चाहन्छु । कार्यक्रममा स्वयं सेवकको भुमीका निर्वाह गर्ने साना-साना भाई बहिनीहरु तथा बिभीन्न दाजुभाईहरु लगायत यस समाजका कार्यसमितीका पदाधिकारी तथा प्रमुख सल्लाहकार एवं सल्लाहकारज्युहरुलाई पनी धन्यबाद दिन चाहन्छु । यसैगरी यस कार्यक्रममा आफ्नै क्यमराबाट राम्रो तस्बिरहरु कैदगरी यस समाजलाई सहयोग पुर्याउने अनन्त मुल्ली भाई तथा कार्यक्रमको अन्त्यमा सरसफाईमा सहयोग पुर्याउने ब्यक्तीत्वहरु प्रति आभार तथा बिशेष धन्यबाद प्रकट गर्दछु । धन्यबाद 🙏🏾🙏🏾🙏🏾

राम चन्द्र श्रेष्ठ

अध्यक्ष

(अमेरीकी नेपाली समाज ब्रानफोर्ड)