Tales of Empowerment Equality and Joy

(नारी अधिकार र समानता)

September 23/ 2018 का दिन Society of Nepalese in America(अमेरीकी नेपाली समाज)Branford र Nepal Women’s Global network को संयुक्त आयोजनामा आयोजना गरिएको Tales of Empowerment Equality and Joy(नारी अधिकार र समानता) कार्यक्रममा यस Branford Town लगायत बिभीन्न शहरबाट उपस्थित हुनु भएका दाजुभाई तथा दिदीबहिनीहरुका बिच भब्य रुपमा उक्त कार्यक्रम सफल भएको समाचार जानकारी गराउंन पाउंदा म अत्यन्त हर्षित छु ।

करिब १५० जनाको सहभागीतमा स्थानीय Days Inn को conference हलमा यस समाजकी बरिष्ट उपाध्यक्ष तथा यस कार्यक्रमकी संयोजक श्रीमती अन्जु ठाकुरको अध्यक्षतामा संचालित कार्यक्रममा यस समाजका पुर्ब महासचिव एवं बर्तमान सल्लाहकार श्री बिजय अधिकारीले कार्यक्रमको औचित्यको बारेमा छोटो जानकारी एवं यस समाजका पुर्ब अध्यक्ष तथा बर्तमान प्रमुख सल्लाहकार श्री राम चन्द्र रेग्मीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा कार्यक्रमको संचालनको लागी यस समाजकी सदस्य श्रीमती शर्मीला अधिकारीलाई जिम्मा दिईएको थियो

Naconn का अध्यक्ष श्री तिलक बिक्रम मल्ल ज्यु NRN CT chapter का अध्यक्ष श्री घनश्याम खड्का ज्यु नेपाली जन संपर्क समिती कनेक्तिकट का अध्यक्ष श्री यादव दुलाल ज्यु HCEC lions club का अध्यक्ष श्री उत्तम लोहनी ज्यु लगायतका अतिथी ज्युहरु हाम्रो कर्यक्रम मा पाल्नु भै कार्यक्रम को शोभा अनी हौसला प्रदान गरिदिनुभएकोमा हार्दिक धन्यवाद दिन चाहन्छु

कार्यक्रममा बिशेष ब्यक्तीत्व डा.बिद्ध्या रंजित बाट कार्यक्रमको बारेमा बिबिध जानकारी दिंदै यस कार्यक्रमले हाम्रो समाज तथा संस्कृतिमा देखा परेका बिबिध समस्या र यसबाट हाम्रो समाज तथा बिशेष गरी महिला समुदायभित्र आईपर्ने बिबिध कठीनाई र संस्कृतिको नाममा थोपारीएको बिबिध ज्यादतीको बारेमा प्रकाश पार्दै कार्यक्रममा उहॉंको पहलमा बिभीन्न पेसासंग संबन्धित ब्यक्तित्व, स्थानीय ब्यक्तित्व,बिद्ध्यालय तथा बिस्वबिद्ध्यालयमा अध्ययनरत भाई बहिनीहरुबाट बिभीन्न कार्यपत्र तथा शिर्षकमा आफ्नो धारणा ब्यक्त गर्न लगाईएको थियो ।

यसै क्रममा UCONN मा अध्ययनरत बहिनी सिमरन ठाकुरले Introduction of the topics, Yale University का डा. रोमन श्रेष्ठबाट Menstruation and Menstrual Cycle,Doctoral Student श्रध्दा राणाबाट Exercise during Menstrual Cycle,UCONN Student संस्कृति पाण्डेबाट Stories experience relate to period, UCONN Student अनमोल रेग्मीबाट Violence Against Women, UCONN Student शाहारा श्रेष्ठबाट “Gender Based Discrimination Boys and Girls Treated Differently”, UCONN Student आईस्मा रेग्मीबाट ‘Son Preference”, Law Graduate अस्मिता महर्जनबाट ‘ “story and experience raised as a girl and women”, Fordham University Student नैना राणाबाट “ Changing traditional starts at home”, SNA का सल्लाहकार शान्ता राणाबाट “Her own experience”, Branford High School की छात्रा बिनिषा अधिकारीबाट “ Women menstruation and discrimination “, Midstate Medical Centre निशा राणा PA-c बाट “ Importance of Nepalese family values”,

न्युयोर्कबाट पाल्नु भएका अर्का आकर्षक ब्यक्तीत्व NWGN की अध्यक्ष अभिमा उप्रेतीबाट कर्यक्रममा प्रस्तुत बिषयहरु प्रती सारांशमा प्रकाश पार्दै समाजमा छोरा छोरी तथा महिला र पुरुष बिच हाम्रो संस्कृतिमा बिद्ध्यमान बिसंगती र बिकृतिहरुमा देखापरेका नकारात्मक प्रबृतीलाई हामीले सुधार्नुपर्ने नैतिक जिम्मेवारीकासाथ अगाडी बढनुपर्ने अभिव्यक्ति दिंदै समाजलाई बदलिंदो परिस्थिति अनुसार बदल्नु पर्ने धारणा ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा यस संस्थाका सदस्य रोमा पन्त ढकालबाट प्रस्तुत लोक गितको प्रस्तुतीले कार्यक्रमलाई मनोरन्जन प्रदान गरेको थियो । कार्यक्रमको अन्त्यतिर SNA अध्यक्ष का हैसियत ले मैले कार्यक्रममा उपस्थीत अतिथि लगायत सहभागी संपुर्ण दिदी बहिनी तथा दाजु भाईहरुलाई धन्यबाद ज्ञापन ब्यक्त गर्न पाउदा अत्यन्तै खुशी एबम आनन्दित महशुस भएको छ फेरी पनि सबैलाई धन्यवाद ।

अध्यक्ष

(राम चन्द्र श्रेष्ठ)

Society of Nepalese in America

Branford Connecticut