Columbus Day Parade 2019 Branford CT

यहि October 13 तारिखको दिन Branford Town CT को आयोजनमा भएको Parade कार्यक्रममा हामी Society of Nepalese in America ले सहभागि भै अत्यन्त सभ्य,भब्य र आकर्षक रुपमा प्रस्तुत भएको कुरा मैले यहॉं बताईरहन नपर्ला

कार्यक्रममा सहभागी हुनु भएका यस कार्यसमितिका संपुर्ण साथिहरु लगायत प्रमुख सल्लाहकार, बरिष्ठ सल्लाहकार एवं संपुर्ण सल्लाहकार साथिहरुप्रती हार्दिक आभार ब्यक्त गर्दछु । यसै गरी Hartford देखी नेवारी समुदायमा चलन चल्तीमा रहेको लाखें नाचद्वारा यस कार्यक्रमलाई अत्यन्त आकर्षक उचाईमा पुर्यादिन सहयोग पुर्याउने मित्र रिंकु श्रेष्ठलाई म लगायत SNA को तर्फबाट हार्दिक आभार ब्यक्त गर्दछौं । यसैगरी उक्त लाखे संगै नेवारी पहिरनमा नृत्य प्रस्तुत गर्ने बहिनी सुनीता भट्टराई एवं Hartford देखी लिम्बु समुदायमा बजाउने धिमे बाजा लिएर यस कार्यक्रमलाई शोभा बढाईदिन भुमीका खेल्ने रबिन लिम्बु भाई प्रती हार्दिक कृतज्ञता ब्यक्त गर्दछु ।यसैगरी नेवारी समुदायमा लगाईने भेष भुषा एवं बिभीन्न नेवारी बाजा लगायत नेपालका बिबिध समुदायमा चलनचल्तीमा रहेका भेष भुषाबाट सजीएर यस कार्यक्रमलाई आकर्षक बनाउन सहयोग पुर्याउने समग्र महिला दिदी बहिनी एवं दाजु भाईहरुलाई एक मुष्ट धन्यबाद दिन चाहन्छु । फोटोग्राफर भाई सुवास अर्यालबाट आकर्षक फोटो कैद गरी यस SNA लाई दिनु भएको योगदानको हार्दिक आभार एवं धन्यबाद ब्यक्त गर्दछु ।

अन्यमा हामी बिदेशमा बसेर यसरी हाम्रो भाषा,धर्म, भेषभुषा लगायत बिभीन्न रितीरिवाज झल्काउने कार्यक्रमबाट पनी हाम्रो पहिचानलाई बिदेशी भुमीमा प्रदर्शन गरिहंदा हाम्रा पुर्वजहरुले हाम्रो समुदायलाई सु-संगठित बनाउन दिएको उपहारलाई आत्मासाथ गर्न पाउंदा हामी अत्यन्त उत्साहित हुने छौं र यि संस्कारहरुलाई हाम्रा भावि पिढीहरुलेपनी सिक्दै भोली बिदेशी भुमीमा बसेरपनी अनुसरण गर्दै जानेछन् भन्ने बिश्वास मैले लिएको छु, धन्यबाद ।

राम चन्द्र श्रेष्ठ

अध्यक्ष