EVENTS

LETS JOIN AND CELEBRATE DASHAIN PARTY

LET'S PRAY TOGETHER FOR NEPAL, CANDLE VIGIL PROGRAM 

APRIL 28th 2015 Tuesday (7:30 -8:00 PM) @(Branford Town Hall) 1019 Main Street, Branford, CT 06405

सुचना

मिती बैशाख १२, २०७२ (अप्रिल २५, २०१५) को दिनमा नेपालको प्राय सबै ठाउमा विनास्कारी 7.9 रेक्टर स्केलको महाभुकम्पबाट धेरै धन-जनको क्षेती भएको छ। यस्तो दु:खद घटनामा मृत्‍यु भयका व्यक्तीहरुले चीर शान्ति पाउन तथा घाइतेहरुको शिघ्र स्वास्थ्यलाभ मिलोस भनी भगवान सँग प्रार्थना गर्न निम्न लिखित मिती र समयमा उपस्थित हुन विनम्र अनुरोध गर्दछौ। यस्तो घडीमा हामीहरुले भुकम्प पीडित व्यक्ती तथा परिवारहरुलाई राहत दिनको लागि सक्दो सहयोगको अपेक्षा गर्दछौ।

Hindu Mandir

स्वामी बालगोपाल 

68 Westport Rd, Wilton, CT 06897

Phone:(305) 766-8340

Date/Time: April 25, 2015 (साझ 5:00PM -7:00 PM)

नेपाली नया बर्ष २०७२ शुभकामना साझ तथा विविध सास्कृतिक कार्यक्रम

नेपाली खाना ,सस्कृति,भेषभुषा,गीत्, संगीत, नृत्य एबम बिबिध कार्यक्रम साथमा डि जे म्युजिक 

@ Annex Club,554 Woodward Ave,New Haven,CT,06512

Source: www.realkhabar.com

कनेटिकट, अमेरिका – कार्यक्रम शुरु भैसकेको थियो तर खासै रौनकता छाइसकेको थिएन । जव स्टेजमा बरिष्ठ संगितकार संभुजित वाष्कोटा माइक लिएर उभिए, दर्शकहरु ढुक्क भए अव नाच्न पाइने भयो भनेर ।

 

उनले जव गीत गाउन शुरु गरे, दर्शकहरु पनि के वसिरहन सक्थे । सीट छोडेर पालै पालो अगाडी आएर तृत्य गर्न थालिहाले । ४ दशक संगित क्षेत्रमा एक छत्र राज गरिरहेका उनका गितहरुको टयाक च्यान्ज भयो । अव शरुभयो तल तल वेशीमा मैच्याड गैरी खेतमा धान झुल्यो गीत जसमा महिलाको स्वरमा गायिका मन्जु थापाले साथ दिइरहेकी थिइन् । पापी चलचित्रको यो गीतमा नायकको भूमिका खेलेका अमृत लामा त्यहाँ झुल्किए । कपालको उही हुलियामा प्रस्तुत भएका उनको प्रस्तुतीले धेरैलाई चलचित्रको याद दिलायो । चलचित्रका नायक भनेर चिनेपछि नायक लामासँग नाच्नेहरुको पनि के कमि । वाँकी दर्शकदिर्घाबाट उनीसँग नाच्न सवै ओइरिए ।

कनेटिकट राज्यका नेपालीहरुले नयाँ वर्ष मनाउदाको छन हो यो । आयोजक संस्थाको निमत्रणामा कार्यक्रममा आएका विशेषअथिती स्थानिय काउण्टिका प्रमुख जेमी कलग्रोभसहित केही विदेशी लगायत सयौ नेपालीहरुको उपश्थिति रहेको सो कार्यक्रम हेर्न न्युयोर्कबाट रिजउड नेपाली समाजका अध्यक्ष मोहन ज्ञवाली सहितको टोली त्यहाँ पुगेको थियो । एकातिर संगितकार वाष्कोटा भेटेका दर्शक नायकलाई पनि भेटेपछि सवै पुगेको महसुस गरेर मज्जाले नाचेका थिए । नायकसँगको छोटो कुराकानीमा उनी ३ वर्षदेखि यहाँ वस्न थालेको पत्ता लाग्यो ।

यो सँगै अरु भाइवैनीहरुका गीत तथा नृत्यहरुले दर्शकहरुको मन कम छोइरहेका थिएनन् ।

नृत्य लिएर कार्यक्रममा प्रस्तुत भएकी रश्मि खरेलले एउटा खुट्टाले गरेको तृत्य देखेपछि त्यहाँ उपश्थित सवैलाई भावुक वनाएको थियो ।

अपाडग उनको सहयोगको लागि कार्यक्रममा आर्थिक संकलनको आवहान गरिएको थियो । कार्यक्रममा धर्मविर लामाको जादुले धेरैका आँखा टोलाएका थिए । नृत्य निर्देशक लामाको जादु प्रस्तुतीले धेरैलाई पत्याउनु नपत्याउनु वनाएको थियो ।

कार्यक्रमा ढिलो गरि पुगेका एनआरएनका प्रत्यासी उमेद्वारहरुको पनि सहभागिता रहेको थियो । ब्रनफोर्डमा आयोजित कार्यक्रममा ढिलो गरिपुगेका उनीहरुले नयाँ वर्षको सुभकामना सँगै चुनावमा भोटको आग्रह गरेका थिए । आयोजक संस्थाका वर्तमान अध्यक्ष राम भण्डारी र पूर्व अध्यक्ष गौरीश्वर शर्माले प्रवासमा रहेका नेपालीहरुबीच आफ्नो कला संस्कृतिमार्फत भाइचाराको सम्वन्ध कायम गरिराख्न कार्यक्रमको आयोजना गरिएको वताए । उनीहरुले एकै स्वरमा भने प्रवासमा पनि नेपालको अनुभव भैरहोस् ।