बिजयादशमी साँझ २०७४, ब्रान्फोर्ड कनेक्टिकट

Post date: Sep 28, 2017 8:51:44 PM

२०७४ को शुभ बिजयादशमी तथा शुभ दीपावलीको अवसर पारेर Society of Nepalese in America , Branford, Connecticut को आयोजना तथा स्थानिय युवा र समाजसेवीहरूको सकृयतामा आयोजित बिजयादशमी साँझ २०७४ हिजो Sept २४,२०१७ आईतबारका दिनमा स्थानिय Jefferson Woods Condominium Association को Hall ,ब्रान्फोर्ड कनेक्टिकटमा अत्यन्तै भव्य र ऊल्लामय बाताबरणमा सम्पन्न भयो । २ चरणमा सम्पन्न ऊक्त कार्यक्रममा पहिलो अर्थात औपचारिक कार्यक्रम अमेरिका स्थित नेपाली महाबाणिज्यदुताबास, न्यूयोर्क का Deputy Consulate General श्री पुष्पराज भट्टराईको प्रमुख आतिथ्यता अनि SNA ब्रान्फोर्ड का अध्यक्ष श्री रामचन्द्र रेग्मीको सभापतित्वमा संचालित शुभकामना कार्यक्रममा महिला अधिकारकर्मी तथा समाजसेवी श्रीमती प्रमिला सुबेदी , SNA Branford का पुर्व अध्यक्ष एबं सल्लाहकार श्री रामहरी भण्डारी , SNA Branford का नवनियुक्त अध्यक्ष श्री रामचन्द्र श्रेष्ठ, SNA Branford का प्रमुख सल्लाहकार तथा संस्थापक अध्यक्ष श्री गौरिश्वर शर्मा , नवनियुक्त NRN NCC USA North East Vice President तथा बिशेष अतिथी श्री रामकुमार सुवेदी ,प्रमुख अतिथी एबं अमेरिका स्थित नेपाली महाबाणिज्यदुताबास, न्यूयाेर्कका Deputy Consulate General श्री पुष्पराज भट्टराई तथा SNA Branford का अध्यक्ष श्री रामचन्द्र रेग्मीले बिजयादशमी २०७४ को शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्थानीय ७ जना ( श्रीमान + श्रीमती ) लाई Society को आजीबन सदस्यको रूपमा सम्मान र स्वागत गरिएको थियो । साथै Society को २०१७-२०१९ को कार्यकालको लागी श्री रामचन्द्र श्रेष्ठको नेतृत्वमा नंया कार्यसमिति ( Executive Board ) घोषणा गरिएको थियो । श्री रामचन्द्र रेग्मीको नेतृत्वको निबर्तमान Executive Board को बैठकको निर्णय बमोजिम Society का सल्लाहकार एबं पूर्व महासचिव श्री बिजय अधिकारीको नेतृत्वको ५ सदस्यीय निर्वाचन मण्डलले Society को बिधान बमोजिम निर्वाचन सम्पन्न गरी नंया Executive Board घोषणा गर्नुभएको थियो ।

पहिलो चरणको औपचारिक शुभकामना कार्यक्रम Society का महासचिव श्री टेक कुँवर ले संचालन गर्नुभएको थियो भने श्री बिजय अधिकारी द्वारा संचालित दोश्रो चरणको दशैं सांगितिक कार्यक्रममा बिभिन्न स्थानिय youth कलाकारहरूले आकर्षक नृत्य Performance गर्नुका साथै बिभिन्न नेपाली भेषभुषामा सजिएका Society का executive board of director श्रीमती शर्मीला अधिकारी लगायतका स्थानिय भाईबैनीहरू द्वारा नेपाली तथा अमेरिकी राष्ट्रीय धुनमा अत्यन्तै आकर्षक प्रस्तुती भएको थियो ।

- निबर्तमान महासचिव Tek B Kunwar