सोसाइटी अफ नेपालीज इन अमेरिका, ब्रान्फोर्ड कनेटिकटमा अप्रिल १७, २०२२ मा न्यू हेभन अन्नेक्स क्लबमा धुमधाम सँग मनाइयो। कोभीडको बिकराल स्थिती पछि सम्भवत: यो संस्थाको तर्फबाट भएको पहिलो ठुलो जमघट थियो। औपचरिक कार्यक्रम झन्डै ६ बजे साँझ सुरुवात भएको थियो। कार्यक्रमको सन्चालन बर्तमान कार्य समितिको महासचिव रवी खड्काले गर्नु भएको थियो र कार्यक्रमको सभापतित्व संस्थाको अध्यक्ष पूर्ण बहादुर लिम्बुले गर्नु भएको थियो। कार्यक्रमको प्रमुख अतिथीको रुपमा मनानीय रविन कोमे (कनेटिकट स्टेट रेप्रिजेन्टिटिभ) आउनु भएको थियो। इष्टरको दिन परेकोले जेमी कोसग्रोभ (ब्रान्फोर्ड टाउन मेयर), एलेक्स पल्लुजी (ब्रान्फोर्ड टाउन पार्क्स एन्ड रिकृयशन डाइरेक्टर), ह्यमलेट हर्न्यानन्डेज ( (ब्रान्फोर्ड स्कुल सुपरीटेन्डेन्ट) जस्ता ब्यक्तित्वको उपस्थित हुन सकेन भने अन्य अतिथीहरुमा राम चन्द्र श्रेष्ठ (एस एन पुर्व अध्यक्ष तथा बर्तमान आर टि एम डिस्ट्रिक ४ ), गौरीश्वर शर्मा (एस एन ए संस्थापक तथा पुर्व अध्यक्ष ), अमृत लामा (अध्यक्ष, हामी नेपाली ग्लोबल), अन्जु ठाकुर ( एस एन ए पुर्व अध्यक्ष) तथा प्रकाश ठाकुर ( लाएनस क्लब वेष्ट हार्टफोर्ड , पुर्व अध्यक्ष ) को उपस्थिती थियो।
प्रमुख अतिथी, बिशिस्ट्ट अतिथी, सम्पूर्ण कार्यसमिती तथा सल्लाहकार सदस्यहरुको आसन ग्रहन पछि महिला स्वयम सेवकहरु बाट प्रमुख अतिथी तथा बिशिस्ट्ट ब्यक्तित्वहरुलाई ब्याज र खादा लगाइदिने कार्यक्रम सम्पन्न भयो। नेपाली र अमेरिकन राष्ट्रिय गानको लगत्तै प्रमुख अतिथी मनानीय रविन कोमेले पानसमा दीप प्रज्वलन गर्नु भएको थियो। स्वागत मन्तब्य तथा शुभकामना सन्देश उपाध्यक्ष चिरन न्यौपानेले दिनु भएको थियो। शुभकामना भाषण सबै अतिथीहरुले दिनु भएको थियो। प्रमुख अतिथी रविन कोमेले महत्वपूर्ण कुराहरु मध्य नेपाली समुदायहरुको सख्या बढ्दै गरेकोले आफुले अब नेपाली भाषामै ड्राइभर लाईसेन्सको परिक्षा दिन पाउनको लागि आबश्यक कार्यहरु गरी रहेको जानकारी दिनु भयो।कोभिडको माहामारीको बेला नेपालमा खोप तथा अरु स्वास्थ्य सामाग्रीहरु लान आवश्यक ब्यवस्थापन कार्यको लागि अमेरिकि सिनेटरसँग समन्वय गर्नु भएको थियो। उहाले नेपालीहरुको लागि मात्र भ्यक्सिन क्याम्प खोल्न मद्धत गर्नु भयको थियो
हरेक बर्ष झै यो बर्ष पनि ब्रान्फोर्ड हाईस्कुल छिमेकी स्कुलबाट २०२२ मा ग्र्याजुएट हुने विद्यार्थीहरुलाई १५० अमेरिकि डलर प्रति ब्यक्ती र प्रमाण पत्र मनानीय रविन कोमे तथा अध्यक्ष पूर्ण बहादुर लिम्बुले प्रदान गर्नु भएको थियो। यसरी पाउने विद्यार्थीहरुमा सुशान्त कुँवर, यस्लिसा लामा, नित्या बम, सलिन श्रेष्ठ, आर्यन कार्की, नुआला पौडेल हुनुहुन्थ्यो। यो पटक लाइफ मेम्बरबन्नु हुने सदस्यहरु सबिन बस्नेत / सन्तोषी खड्का बस्नेत, शुभद्रा लावती, शान्ता सुब्बा, राजिव श्रेष्ठ / अबिता जोशी श्रेष्ठ, सुरज मानन्धर / सुनिता मानन्धर, दयाराम ज्ञाग्मी / सम्झना मगर, चेत सुब्बा / रेश्मी लिवाङ, बुद्ध चेम्जोङ /युमा सुब्बा, मोहन कायस्थ /कल्पना श्रेष्ठ कायस्थ, नारायण भण्डारी /संगिता कुँवर भण्डारी, प्रकाश थापा / फुलमाया थापा मगर, गोपाल हरी रन्जित / कबिता उलक लाई प्रमाण पत्र बितरण गर्नु भएको थियो। यस सोसाईटीको पुर्व अध्यक्ष तथा बर्तमान ब्रान्फोर्ड डिस्ट्रीक्ट ४ का आरटीयम राम चन्द्र श्रेष्ठलाई बिशेष सम्मान पत्र दिएर अभिनन्दन गरिएको थियो। सम्मान पत्रमा लेखिएको कुरालाई टेक्निकल डाइरेक्टर ज्ञानु श्रेष्ठले बाचन गर्नु भएको थियो। नयाँ बर्षको शुभकामना सन्देश सहित यो कार्यक्रम सफल बनाउन सबैलाई धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्र्मको अध्यक्ष पूर्ण बहादुर लिम्बुले समापन गर्नु भएको थियो।
वर्तमान कार्यसमिती सदस्य उमेश गौलीले सास्कृतिक कार्यक्रमको सन्चालन गर्नु भएको थियो। "रातो र चन्द्र सुर्य जङ्गी निशानी हाम्रो " राष्ट्रिय गीतको सुरुवातको गायन सगुन श्रेष्ठ, सबिता सापकोटा, चिरन न्यौपाने , श्याम लामिछाने, उमेश गौलीले गर्नु भएको थियो। स्थानिय कलाकारहरुको गायन र नाचगानले कार्यक्रमलाई रोमान्चित बनाएको थियो। स्थानिय कलाकारहरुको सँयोजन सदस्य सगुन श्रेष्ठले गर्नु भएको थियो।सलिना श्रेष्ठ , सजना श्रेष्ठ, प्रमिला श्रेष्ठ को निर्त्य अति मनमोहक थियो। कार्यक्रमलाई अझ आकर्सित गर्दै उपस्थित दर्शकहरुलाई जुरुक जुरुक उचाली निर्त्य तर्फ तानिनको लागि युनिभर्सिटी अफ न्यू हेभन तथा यल युनिभर्सिटीमा अध्ययनरत कलाकार समुहको लाईभ गायन तथा निर्त्य प्रस्तुतीले स्टेजलाई अरु तापक्रम थपी दिएको थियो। आम्मन्त्रीत कलाकारहरुमा उमङ्ग भट्टराई, सिद्धार्थ ढकाल, नबिन कोइराला, चन्द्र भण्डारी, आयुश आचार्य, सलिना श्रेष्ठ, ज्योति भण्डारी, दावा शेर्पा, सपना श्रेष्ठ, शलिनी मिश्र, श्वेता अधिकारी, दिपेन राणा, अबिन श्रेष्ठ, सौरब द्विबेदी आदीले प्रस्तुत गर्नु भएको थियो। नुन चिनी पानीको परीकल्पनाकार तथा हास्य ब्यङ कलाकार अर्जुन दाहाल भने अस्वस्थताको कारण उपस्थित हुन सक्नु भएन। न्यूयोर्क देखी आउनु भएको DJ राजेन्द्र राइ को गायन र वहाँको सम्पुर्ण ब्यबस्थापन उत्कृष्ट रह्यो। कार्यक्रमको अन्तिममा राफल चिट्ठाको नतिजाको घोषणा गरिएको थियो, यस्को सँयोजन चिरन न्यौपानेले गर्नु भएको थियो। यसमा ३ जना बिजयी हुनु भएको थियो। प्रथम स्थानमा बिनिता बराल, दोस्रो स्थानमा अनिता श्रेष्ठ र त्रितिय स्थानमा प्रेम प्रसाद न्यौपाने बिजयी हुनु भएको थियो।
यस कार्यक्रमलाई सफल बनाउन केही सहयोगी स्पोन्सरको महत्वपूर्ण भूमिका रहेको थियो। जस मध्य वेबर एन्ड रुबानो यल यल सी, एम७ (ट्रान्सपोर्टेसन जनरल ), सीपीय विजय अधिकारी, प्रकाश ठाकुर, क्युमिन ईन्डिया, दिपक खतिवडा, सम्झना खड्का लामा, कल्पना थापा ले सहयोग गर्नु भएको थियो।
हाई स्कुलबाट ग्राजुएट हुने विद्यार्थीहरुलाई दिईएको प्रति ब्यक्ती अमेरिकि डलर १५० दिदा आबस्यक पर्ने सम्पूर्ण खर्च अध्यक्ष पूर्ण बहादुर लिम्बु, आरटीएम राम चन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष गौरिश्वर शर्मा, सल्लाहकार घनेन्द्र ढकाल, सदस्य सगुन श्रेष्ठ, कोषाध्यक्ष शुभद्रा लावती, सदस्य सबिता सापकोटा तथा सदस्य सविन बस्नेतले प्रायोजन गर्नु भएको थियो।
प्रबेश टिकटको निशुल्क छपाइ नेपालबाट समाजसेवी रमेश खड्काले गर्नु भएको थियो। समानको लागि आबस्यक पर्ने खादा तथा बिल प्याड छपाइको लागि आबस्यक पर्ने सम्पुर्ण खर्च सिनियर उपाद्यक्ष टेक बहादुर कुँवरले निशुल्क प्रदान गर्नु भएको थियो । ईन्ट्री गर्दा आबस्यक पर्ने रातो नाडिमा बाध्ने रिबनको ब्यवस्था सदस्य सगुन श्रेष्ठले गर्नु भएको थियो। त्यस्तै खानेपनीको खर्च सदस्य चेतन सुब्बा तथा सुधिर गुरुङ, पेय पदार्थ ब्ल्याक लेबलको सौजन्ने अध्यक्ष पूर्ण बहादुर लिम्बु, सदस्य मोहन कायस्थ, आरटीएम राम चन्द्र श्रेष्ठ, सदस्य उमेश गौली , पुर्व अध्यक्ष गौरीश्वर शर्मा ले गर्नु भएको थियो। वाइन को सौजन्ने टेक्निकल डाइरेक्टर ज्ञानु श्रेष्ठ र सदस्य राजिव श्रेष्ठले गर्नु भएको थियो। बियरको सौजन्ने सदस्य सगुन श्रेष्ठ, सह कोषाद्यक्ष कमल बहादुर छेत्री, उपाध्यक्ष चिरन न्यौपानेले गर्नु भएको थियो। सल्लाहकार अर्जुन खड्काले वाइन र भोड्काको ब्यवस्था गर्नु भएको थियो । आबस्यक पर्ने कप, प्लेट्स, काटा, चम्चा, टिस्सु पेपरको सौजन्ने पुर्व अध्यक्ष अन्जु ठाकुर, सल्लाहकार समज श्रेष्ठ , समाजसेवी बिमला लिम्बुले गर्नु भएको थियो।
संस्थालाई केही राहत मिलोस भनेर नेपाली ह्यन्डी क्र्याफ्टको सामाग्रीको पनि बिक्री गरिएको थियो। बिक्री भई जम्मा भएको आधा रकम सस्थालाई डोनेसन गर्न आफ्नो घरबाट सामाग्री ल्याइ सहयोग पुर्याउनु हुने अन्जु ठाकुर र समज श्रेष्ठको कार्य सर्हानिय छ। कार्यक्रममा ब्रान्फोर्ड लगायत अरु शहरहरु बाट झन्डै ३०० जना जतिको उपस्थित भएको थियो।
ज्ञानु श्रेष्ठ
टेक्निकल डाइरेक्टर