निर्वाचन आयोगको जरुरी सुचना .....
Post date: Apr 19, 2016 10:53:22 PM
निर्वाचन आयोगको जरुरी सुचना .....
posted Oct 6, 2015, 1:36 PM by Admin
October 6, 2015
अमेरिकी नेपाली समाज
ब्रान्फोर्ड कन्नेक्टीकट
निर्वाचन आयोगको जरुरी सुचना
विगत ४ बर्ष देखी स्थापित भई विधिवत रुपमा कृयाशील रहदै आएको यस अमेरिकी नेपाली समाजको विधान २०१२ को परिच्छेद ७ दफा १ र २ बमोजिम हाल कार्यरत कार्य समितीको पधावधि समाप्त हुन गएको र परम्परागत रुपमा विजया दशमीको कार्यक्रमका शुभ अवसरमा हरेक २, २ बर्षमा नयाँ कार्य समितिको चयन गरी घोषणा गरिने कार्यक्रम रहेको हुँदा नयाँ कार्य समितिमा रही काम गर्न इछुक साधारण तथा आजीवन सदस्यहरुले यही आगामी अक्टोबर १० तारिख, दिनको ५ बजे सम्ममा काम गर्न चाहिएको पद खुलाई निर्वाचन आयोग समक्ष्य आवेदन दिनु होला।
कार्य समितीमा बसी काम गर्न इछुक व्यक्तीहरुले आफु साधारण सदस्य भई नसकेको खण्डमा आफ् नो साधारण सदस्यताको फारम समेत एकै साथ पेश गर्न सकिने छ । उक्त आवेदन फारम यस संस्थाका उपाध्यक्ष्य श्री रामचन्द्र रेग्मी टेलिफोन न (347) 661-9062, सचिव श्री टेक कुँवर टेलिफोन न:(203)407-9427 सँग सम्पर्क गरी पाउन सकिने छ तथा सोसाईटीको अधिकारिक वेब पेज WWW.SONABRANFORD.ORG/RESOURCES बाट पनि डाउनलोड गर्न सकिनेछ।
निर्वाचन आयोग
१ श्री गौरीश्वर शर्मा : प्रमुख निर्वाचन आयुक्त, फोन न:(203)887-6239
२ श्री प्रकाश ठाकुर :सदस्य फोन न:(860)982-6532)
श्री गौरीश्वर शर्मा
प्रमुख निर्वाचन आयुक्त