President's Message

October 05, 2017

हामी नेपालको कुनाकाप्चा बाट विभिन्न उद्धेश्यहरु बोकेर विश्वको सर्वोउत्कृष्ट र अधिक सम्भाबना भएको देश अमेरिकामा आएर आ-आफ्नो पेशा ब्यबसाय अंगाल्दै आएका छौ / आफ्नो संस्कृति भाषा परम्परालाई निरन्तरता दिई यो हाम्रो अमेरिकी समाजमा हामीले हाम्रा पहिचान उचो राख्नु हाम्रो कर्तब्य हो /

बुद्ध भृकुटी सिता जन्मेको अनि ॠषिमुनिहरुको तपोभुमी र विश्वको सर्बोच्च शिखर सगरमाथाबाट आएको हामी चार जात छत्तिस बर्णको फुलबारी भनेर चिनिएको तथा बिबिध कला एबं संस्कृतिले सिंगारिएको नेपाल साच्चै नै विश्वको अत्यन्त सुन्दर र अनुपम देश हो भन्दा हामी सबैको छाती गर्बले फुल्छ /

नेपालमा भएको प्राकृतिक प्रकोप सिन्धुपाल्चोकको जुरे पहिरो, २०७२ को महाभुकम्प हालसालै आएको बाढी अनि तराइ डुबानको सहयोगार्थ हाम्रो यस society ले गरेको सहयोग सर्बबिदितै छ सायद गौतम बुद्ध अनि जनकको सन्तति भएर होला मानबिय भावनाबाट अबिभुत छौ।


हामीलाई एकताको शुत्रमा बाध्ने एउटै मन्त्र भनेको हाम्रो भाषा संस्कृति परम्परा नै हो र हाम्रो समाजको मूल सिद्धान्त पनि यही भाषा संस्कृति परम्परा जोगाउदै भाबी पिँढीलाइ हस्तान्तरण गर्ने मानबिय सहयोगको लागि सदैब तत्पर रही एक आपसमा सहयोग गर्ने नै हो। अत : बिगतमा जस्तै हामी सबैले के कति गर्न सकिन्छ त्यस्कालागी एकताबद्ध भएर मन बचन र कर्म ले कृत सन्कल्पित भइ सकेको सहयोग गर्न हमेसा तयार रहन सम्पूर्ण आदरणीय दिदिबहिनी दाजुभाइहरुलाई हृदय देखि हार्दिक अनुरोध गर्दछु /



सन्हृदय देखि,


जय SNA!



राम चन्द्र श्रेष्ठ

अध्यक्ष